सेयर बजार राताम्मे, नेप्सेमा दोहोरो अंकको गिरावट

केन्द्रभाग मिडिया

काठमाडौँ ।
साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८.३१ अंकमा झरेको हो ।

यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १ अर्ब १० करोड ३४ लाख रूपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी शिभम् सिमेन्टको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँ बराबरको ५२९ कित्ता सेयर कारोबार भएको छ ।

  • २५ मंसिर २०७९, आईतवार १५:५९ प्रकाशित