अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहन्छ : सुरेन्द्र पाण्डे

केन्द्रभाग मिडिया

चितवन ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहने बताएका छन् ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् ।एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे ।

उनले भने– ‘अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहन्छ ।’अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसदमा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो ।

देशमा आर्थिक र राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उनले बताए । निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताए ।

  • २२ मंसिर २०७९, बिहीबार १५:५३ प्रकाशित