सर्वोच्चको आदेशबिना जबरालाई प्रवेश नदिन प्रहरीलाई निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरीका उच्च अधिकारीहरूले सर्वोच्च अदालतमा तैनाथ प्रहरीहरूलाई सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन आदेश दिएका छन् ।

संसद्‍ सचिवालयका महासचिव भरतराज पौडेलले जबरामाथिको महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा हाजिर हुन जाने तयारी गरेका छन् ।

तर यसअघि नै नेपाल बार एसोसिएसनले सर्वोच्चमा धर्ना गरिरहेको छ । गत फागुन १ गते ९८ जना सांसदहरूले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । तर मंसिर ४ गतेको निर्वाचनका कारण महाभियोग प्रक्रिया प्रभावित बनेको थियो ।

  • २१ मंसिर २०७९, बुधबार १६:०२ प्रकाशित