नेकपा एस प्रवेश गर्दै मनाङ्गेले भने,‘एस छाडेको खण्डमा राजनीति नै गर्दिन’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे उर्फ राजीव गुरुङ नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् ।

आज मंगलबार समाजवादीको कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा मनाङेलाई महासचिव बेदुराम भुसालले खादा र अवीर लगाएर पार्टीमा औपचारिक रुपमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्दै मनाङ्गेले जनसेवा गर्नका लागि नेकपा एसमा प्रवेश गरेको बताएका छन् ।उनले एकीकृत समाजवादी पार्टी नछाड्ने जिकिर पनि गरेका छन् ।उनले भनेका छन्,‘अब एकीकृत समाजवादी छाडेको खण्डमा राजनीति नै गर्दिन ।’

कार्यक्रममा गुरुङको पार्टी प्रवेशबारे लिखित विज्ञप्ति वाचन गरिएको थियो । ‘राजनीति निस्सर्त गरिने जनसेवा हो । निस्सर्त गरिने जनसेवाका लागि एक्लै होइन, संगठन वा पार्टीमा बसेर जानुपर्ने रहेछ । त्यही भएर म नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेँ’, गुरुङले विज्ञप्तिमा भनेका छन् ।

  • २० मंसिर २०७९, मंगलवार १६:५३ प्रकाशित