पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलरको भाउ बढेको छ ।
आज डलर एकको खरिददर १३० रुपैयाँ ५७ पैसा र बिक्रीदर १३१ रुपैयाँ १७ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३० रुपैयाँ ४२ पैसा थियो ।
यस्तै युरो एकको खरिददर १३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४६ पैसा रहेको थियो ।पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४१ पैसा र बिक्रीदर १६१ रुपैयाँ १५ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८९ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०२ पैसा रहेको छ ।