दोलखामा माओवादीका उम्मेदवारले बढाउँदै मत

केन्द्रभाग मिडिया

काठमाडौं ।

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले मतान्तर बढाएका छन् । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत प्राप्त गरे ।मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा ९१० मा तीन हजार नौ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार एक सय ८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार तीन २७ मत ल्याए ।

प्रदेशसभा (२) मा चार हजार चार सय ५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गरे । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

  • १६ मंसिर २०७९, शुक्रबार ०९:३६ प्रकाशित