पोखरा ।
स्याङजा क्षेत्रनम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । गुरुङले ७ हजार ४४७ मत प्राप्त गर्दा नेकपा एमाले उम्मेदवार पद्दमाकुमारीअर्यालले ५ हजार ४६९ मत प्राप्त गरेकी छन् ।
गुरुङ २ हजार ८ मतले अगाडी छन् । प्रदेस सभा क अन्र्तगतका गल्याङ नगरपालिकाका वडानम्र ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ वडा गणना भएका छन् ।
त्यस्तै वालिङ नगरपालिका वडानम्बर १, २, ५ र ६ को मतगणना सम्मपन्न भएको छ । सो क्षेत्रमा ७० हजार १९१ मतदान भएको थियो ।













