काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।
आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अहिले अर्थतन्त्रले केही चुनौतीको सामना गरिरहेको भन्दैमा यसलाई संकट भन्न नमिल्ने दावी गरे ।
मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न आग्रह गर्दै उनले नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको तर्क गरे ।
नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै उनले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने भन्दैअब बन्ने सरकारले संस्थागत समृद्गिमा ध्यान दिनुपर्ने बताए ।