पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो अमेरिकी डलर, कुवेती दिनारसहितका मुद्राको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा छ । हिजो युरो १ को खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ १३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९४ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७३ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ०८ र बिक्रीदर ४०४ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ०१ र बिक्रीदर ४०५ रुपैयाँ ६० पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।












