काठमाडौं।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ ।
यसअघि सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभाको बैठक राख्न बोलाउन माग गरेका थिए ।











