सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की ४ मतले अगाडि

केन्द्रभाग मिडिया

विराटनगर ।

सुनसरी ४ को गणनामा कांग्रेस र एमाले बीच कडा प्रतिष्पर्धा भइरहेको छ । जारी मतगणनामा अहिले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ४ मतले लिड गरेका छन् ।

पछिल्लो अपडेटअनुसार कांग्रेस उम्मेदवार कार्कीको ३००७३ मत छ । एमालेका जगदीशप्रसाद कुसियैतको ३००६९ मत रहेको छ ।अब बराह १० को मात्र गणना बाँकी छ ।

  • १५ मंसिर २०७९, बिहीबार १०:४३ प्रकाशित