पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर र युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा थियो ।
यस्तै आज अमेरिकी डलरको भाउ पनि घटेको छ । डलर एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३० रुपैयाँ ५८ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र ब्रिकीदर १३१ रुपैयाँ ०६ पैसा थियो ।
पाउण्ड एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८९ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३६ पैसा रहेको छ ।