एमाले महासचिव पोखरेलको आरोप : धाँधली र सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् ।

स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ,‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

  • १५ मंसिर २०७९, बिहीबार ०८:५५ प्रकाशित