मोरङ।
सुनसरीमा एमाले उम्मेदवारको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेको जनाइएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई हराएकी एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि दुहबीमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।
विजय जुलुसमा ढुंगामुढा प्रहार गरेपछि त्यहाँ दुवै पक्षबीच झडप भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयी जुलुसको क्रममा वादविवाद भएको तर सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको बताए ।













