पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरो एकको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ३८ पैसा र ब्रिकीदर १३० रुपैयाँ ९८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २९ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ १० पैसा र बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको छ ।