काठमाडौं ।
निर्वाचन आयोगले उदयपुर १ को मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ ।आयोगले गणनापूर्व भएको सहमतिका आधारमा गणनाकार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।
सत्तागठबन्धनका घटक माओवादी र कांग्रेसबाहेकका दलले पुनः मतदानको माग गरेपछि लफडा भएको थियो ।प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।
उदयपुर१ मा नेपाली कांग्रेसको तर्फबाट नारायण खड्का र एमालेको तर्फबाट मञ्जु कुमारी चौधरी प्रतिस्पर्धामा छन् । खड्काले २१ हजार ८३३ मतका साथ अग्रता बनाइरहेका छन् भने, चौधरीले २० हजार १२० मत पाएकी छन् ।













