रास्वपा पनि राप्रपा जस्तै पार्टी हो : जंगली (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का स्थाई कमिटी सदस्य चुडामणी जंगलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा)जस्तै भएको बताएका छन् । संबैधानीक राजतन्त्र फर्काउने योजना अन्तरगत रास्वपार्टी आएको जंगलीले आरोप लागाए ।

यीनिहरुलाई चलाउने शक्तिहरु एकैठाउबाट चलेको छ जस्तो मलाई लाग्छ, चाय अहिले आएको रवि लामिछानेको पार्टी (घण्टी चिन्ह), चाहे हिजो दरबारले नेतृत्व गरेको राप्रपा, जंगलीले भने । यी पार्टीहरुको लक्ष र उदेश्य यउटै हो, यीनिहरु संबैधानीक राजतन्त्रको पक्षमै छन् मुलुकमा घुमाईफिराई राजतन्त्र ब्युताउने योजना अन्तरगत आएका छन् ।

सावधान खवरसंगको कुराकानीमा नेता जंगलीले नेता जंगलीले नयाँ शत्तिहरु जन्मनुमा पश्चिमा राष्ट्रहरुको डिजाईन समेत रहेको आरोप लगाए ।

नेपालमा चीनको प्रभाव नपरोस् भनेर पश्चिमा पुँजीवादी  शक्तिहरु पनि कम्युनिष्टहरुलाई संसदमा रोक लागाउनका लागि पहिले देखी भूमिका खेलीरहेका छन्, त्यसले पनि काम गरेको छ, उनले भने । कतिपय नयाँ शत्तिलाई पश्चिमा देशहरुले लागानी गरेका छन् र मलजल गरेका छन् उनीहरुको अगुवाईमा यो काम भइरहेको छ ।

नेपालका राजनीतिक पार्टीका नेतृत्वहरुले जनसरोकारका सवालमा काम गर्न नसक्दा आक्रोसको मत देखा परेको जंगलीले बताए ।

नयाँ दलको जन्म र आफ्नै कमजोरीका कारण पार्टीले कम मत पाएको जंगलीले बताए । पार्टीको संगठन संरचना, पार्टी नेतृत्वको परिचालन र संगठन चलाउदा कमजोरी भए, जनताको घरदैलोमा जान कमजोरी भयो, जसको कारण हाम्रो मत कम देखियो । यो राजनीतिक पार्टी प्रतिको प्रश्न चिन्ह पनि हो, दलहरुले सोँच्नुपर्छ, जंगलीले भने ।

मतपरिणामले मुलुकमा ठुलो संकटको घण्टी बजाएको जंगलीले बताए ।

  • १२ मंसिर २०७९, सोमबार १६:५५ प्रकाशित