उकालो लाग्यो युरो , डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।
पछिल्लो समय युरोको भाउ उकालो लागिरहेको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज युरो एकको खरिददर १३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३६ रुपैयाँ २० पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४० पैसा र ब्रिकीदर १३१ रुपैयाँ ०० पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २५ पैसा रहेको छ ।

  • १२ मंसिर २०७९, सोमबार १०:०९ प्रकाशित