काठमाडौं ।
माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् ।
ललितपुरका प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।
उनीहरूले पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको बुझिएको छ । ललितपुर ३ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित भएकी थिइन् भने ललितपुर २ प्रदेशभा (१) मा हरि दाहाल ३ (१) मा राजकाजी महर्जन पराजित भएका थिए ।













