नेप्सेमा ३२ अंकले वृद्धि हुँदा आज कारोबार दुई अर्बभन्दा नाध्यो

केन्द्रभाग मिडिया

पोखरा।

आज नेप्सेमा ३२ अंकमाथिको सुधार हुँदा कारोबार रकम बढेर २ अर्ब नाघेको छ ।उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १९ सय ६५ पुग्यो ।

सामूहिक लगानी कोष नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूहमा हरियाली छाएको छ। लघुवित्त समूहमा सबैभन्दा उच्च १ सय ५० अंक अर्थात् ३ प्रतिशत बढीको बृद्धि आयो भने उत्पादनमूलक समूहमा पनि सय अंक बढीको सुधार भयो ।

जीवन बीमा समूह पनि एक सय अंक बरारबले सुधारियो । अरु पनि अधिकांश समूह दोहोरो अंकले उक्लिए । नेपाल स्टक एक्सचेन्जमा २ सय ३३ कम्पनीको ४२ लाख बढी कित्ता शेयर २ अर्ब २ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसमध्ये १ सय ६९ कम्पनीको मूल्य बढ्दा जम्मा २० को घटेको पनि नेप्सेले जनाएको छ। यस दिन डिप्रक्स लघुवित्त, जीवन विकास लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८ प्रतिशत हाराहारीमा कमाए ।

  • ११ मंसिर २०७९, आईतवार १६:५९ प्रकाशित