रामेछापमा कांग्रेसका कान्छाराम भारी मतान्तरले निर्वाचित

केन्द्रभाग मिडिया

मन्थली ।

प्रतिनिधि सभा सदस्यमा रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् ।

तामाङले नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

१ लाख ८० हजार १०६ मतदाताको संख्या रहेको रामेछापमा तामाङले ४७ हजार ९९ मत प्राप्त गरेका थिए भने एमालेका ढुंगेलले ३० हजार ७३० मत ल्याएर दोस्रो भए । सो जिल्लामा ८३ हजार ८९९ मत सदर भएको थियो ।

  • ११ मंसिर २०७९, आईतवार १२:४४ प्रकाशित