रुपन्देही।
गृहमन्त्री बालकृष्ण खाँण मतगणना नसकिँदै पराजीत हुने निश्चित भएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिनुभएका गृहमन्त्री खाँण राप्रपाका दीपक बोहोरासँग चुनावी मैदानमा छन् ।
मतगणना नसकिँदै बोहोराले संख्यात्मक जीत हासिल गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार अहिले २,८०० मत गन्न बाँकी छ । बोहोराले २,९०० मतले अग्रता लिइरहनु भएको छ ।
















