रुपन्देही ।
रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँडलाई राप्रपाका दीपक बोहराले ४ सय ७३ मतले पछि पारेका छन् ।
निर्वाचन आयोगका अनुसार राप्रपाका बोहरा २७ हजार ६ सय ३१ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका खाँडले २७ हजार १ सय ५८ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेलीले ४ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारुले ३ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।













