मन बहादुर दाईको विजय मेरो पनि विजय : किशोरदत्त बराले

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की क्षेत्र नम्बर १ मा उपविजेता बनेका किशोरदत्त बराले विजयी उम्मेदवार मनबहादुर गुरुङलाई बधाई दिएका छन् । उनले मतगणस्थलमा पुगेर गुरुङलाई बधाई दिए । बरालले विकास निर्माणमा आफु सधै विजयी उम्मेदवारलाई साथ दिने बताए ।

बरालले मतदातालाई धन्यवाद र विजयी उम्मेदवारलाई फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, मन बहादुर दाई , तपाइको बिजय मेरो पनि बिजय हो । बिकास निर्माणका हरेक अभियानमा मलाई सम्झिरहनु होला । म सधैं तपाइँको साथमा छु । विजय हुनु भएकोमा हार्दिक बधाई छ ।

बरालको फेसबुक स्टाटस यस्तो छ

सांसद भनेको पद मात्रै होइन यो त देश , समाज र भविष्यप्रतिको सपना, संकल्प र योजना हो । यसैले सांसदको रुपमा भएको मेरो यो पराजय पदको मात्रै पराजय हो । मेरो सपना , सड्ढल्प र योजनाको पराजय होइन । संसदलाई गुणस्तरीय छलफलको थलो बनाउने, बिगृएको राजनीतिलाई सहि दिशामा लैजाने , कृषि र पर्यटनको बिकासका लागि राष्ट्रिय आन्दोलनको बाताबरण निर्माण गरि रोजगारीको सिर्जना गर्ने , देशको समग्र रुपान्तरणका लागि शिक्षालाई प्रमुख आधार मानेर बिधालय शिक्षामा उद्धमशिलता र शान्तिको पाठ्यक्रम थप गरि शिक्षामा आमुल परिबर्तन गर्ने , प्राथमिकताको आधारमा देश र समाजको योजनाबद्द बिकासका लागि बाताबरण निर्माण गर्ने जस्ता मेरा सपना र सड्ढल्पहरु केहि समयका लागि पछाडि धकेलिएका मात्रै हुन पराजित भएका होइनन् । अध्ययन र अनुसन्धानलेले के देखाएका छन भने त्यो मानिस मात्रै पराजित हुन्छ , जो लडेर उठ्न सक्दैन । यो पराजयले मलाई थुप्रै सिकाएको छ , पढाएको छ , बुझाएको छ र उठ्नका लागि अभुतपुर्ब शक्ति प्रदान गरेको छ । यसैले मलाई बुझ्नु भएका र बुझ्न बाकि रहनु भएका आम जनसमुदायको बिचमा रहेर देश र जनताका निम्ति परिणाममुखि काम गर्नका लागि यो क्षणिक पराजयले मलाई थप उर्जा प्रदान गरेको ब्यहोरा जानकारी गराउन पाउदा म अत्यन्तै खुशि छु , आल्हादित छु । मेरो यो खुसीमा थप खुशी बनिदिनु हुन र भोलिका दिनमा माथि उल्लेखित मेरा सपना र योजनामा एकाकार भैदिनु हुनका लागि मलाई मतदान गर्नु भएका र बिभिन्न कारण बस मतदान गर्न नपाउनु भएका सबै आदरणीय महानुभावहरु प्रति हार्दिक अनुरोध गर्दछु ।
यो निर्वाचनमा जसले मलाई मतदान गर्नु भयो र जसले मलाई मतदान नगर्नु भएर पनि मलाई सिक्ने , बुझ्ने र महशुस गर्ने महान अवसर प्रदान गरि गरिदेश र समाजका लागि निरन्तर काम गरिरहने उर्जा दिनु भयो यसका लागि यहाहरु सबै प्रति आभार व्यक्त गर्दछु ।
मन बहादुर दाई , तपाइको बिजय मेरो पनि बिजय हो । बिकास निर्माणका हरेक अभियानमा मलाई सम्झिरहनु होला । म सधैं तपाइँको साथमा छु । विजय हुनु भएकोमा हार्दिक बधाई छ ।

  • ९ मंसिर २०७९, शुक्रबार १२:१४ प्रकाशित