पोखरा ।
गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे फराकिलो मतान्तरले विजयी भएका छन् ।
गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (२) मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे १६ हजार ८८२ मत सहित विजयी भएका हुन् ।
भएका पाण्डेका प्रतिस्पर्धी नेकपा एमालेका वसन्त गुरुङले ५ हजार ३६० मत ल्याए।त्यहाँ जम्मा सदर मत २७ हजार ३७२ थियो ।













