काठमाडौं ।
बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ ।
बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापा १३ हजार आठ सय ८४ मतले विजयी भए । एमालेका हीराबहादुर केसीले १२ हजार चार सय पाँच मत ल्याए ।
बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए । एमालेका नवराज पौडेलले सात हजार दुई सय ५२ मत ल्याए ।
बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरे । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे ।
बागलुङ–२(२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भएका छन्। कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा एमालेका लक्ष्मण पुनले आठ हजार छ सय ७१ मत ल्याए ।













