पोखरा ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएको आज पाचौं दिन पनि मतगणना जारी रहेको छ ।
जारी मतगणनामा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले १३ र प्रदेशसभा तर्फ १४ स्थानमा विजयी हासिल गरेको छ । भने यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ ३९ र प्रदेशसभा तर्फ ६६ स्थानमा अग्रता लिइरहको छ।
यस्तै नेकपा एमाले प्रतिनिधिसभा तर्फ ३ र प्रदेशसभातर्फ ४ स्थानमा विजयी भएको छ । भने प्रतिनिधिसभा तर्फ ४५ र प्रदेशसभा तर्फ ७२ स्थानमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा तर्फ ३ स्थानमा विजयी हुदाँ प्रदेशसभामा भने जित दर्ता गर्न सकेको छैन । यस्तै प्रतिनिधिसभातर्फ ५ स्थानमा अगाडि छ ।
एकीकृत समाजवादी प्रतिनिधि र प्रदेशसभातर्फ १÷१ स्थानमा विजयी हुदाँ प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १३ स्थानमा अग्रता लिइरहको छ ।
राप्रपा प्रतिनिधिसभा तर्फ एक स्थानमा विजयी हुदाँ प्रदेशसभामा खाता खोल्न सकेको छैन । प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभा तर्फ १० स्थानमा राप्रपा अगाडि छ ।
अन्य प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ १३ स्थानमा विजयी भएको छ। भने प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फ ३७÷३७ स्थानमा अगाडि छ ।














