परासी ।
नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले अग्रता लिएका छन् ।
ठकुरीले ४ हजार ६ सय ८९ मत प्राप्त गर्दा चौधरीले ४ हजार ५ सय ६० मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ३ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।
घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा १ सय २९ मतले अगाडि हुनुहुन्छ भने त्रिपाठीभन्दा १ हजार २ सय ८६ मतले अगाडि हुनुहुन्छ ।













