पोखरा ।
कास्कीको निर्वाचन क्षेत्रनम्बर ३ (१) मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई पछि पादै एमाले उम्मेदवार गणेशमान गुरुङले अग्रता लिएका हुन् ।
गुरुङले ६ हजार १८१ मत प्राप्त गर्दा भण्डारीले ३ हजार ५४७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्राजातन्त्र पार्टीका केदारनाथ पौडेल भण्डारीलाई पच्छाउदै तेस्रो स्थानमा छन् ।














