पोखरा ।
काठमाडौं १ मा रवीन्द्र मिश्र हारेका छन् । देश माथि नरेश भन्ने नारासहित चुनावमा होमिएका मिश्रलाई काठमाण्डौं १ का जनताले हराइदिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका हुन् ।
सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन् ।













