सप्तरी २ मा उपेन्द्र भन्दा सीके राउत दोब्बर मतले अगाडि

केन्द्रभाग मिडिया

सप्तरी ।

निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ ।

जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहेका छन् । अहिलेसम्म गनिएको मतमा राउतले १०२० मत ल्याएका छन् ।

एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले ४५२ मत ल्याएका छन् ।

  • ५ मंसिर २०७९, सोमबार १५:४२ प्रकाशित