साताको अन्तिम दिन आज बढ्यो डलर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ३५ पैसा र ब्रिकीदर १३० रुपैयाँ ९५ पैसा रहेको छ । हिजो भने अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३० रुपैयाँ ३८ पैसा थियो ।

आज युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८ रुपैयाँ ३३ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ ।

  • २ मंसिर २०७९, शुक्रबार १०:०० प्रकाशित