युरोको भाउ उकालो लाग्यो , आज कति छ डलरको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३० रुपैयाँ ३८ पैसा रहेको छ ।

आज युरोको भाउ बढेको छ ।आज युरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९१ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा थियो।अस्ति युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा बिक्रीदर १३४ रुपैयाँ ३५ पैसा थियो ।

यस्तै आज बेलायती पाउण्डको भाउ पनि बढेको छ । पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २६ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९० पैसा थियो।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको छ ।

  • १ मंसिर २०७९, बिहीबार १०:२९ प्रकाशित