कति पुग्यो डलर, पाउण्ड र युरोको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।

आज युरोको भाउ बढेको छ । युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा रहेको छ । हिजो भने युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा बिक्रीदर १३४ रुपैयाँ ३५ पैसा थियो ।

यस्तै आज बेलायती पाउण्डको भाउ पनि बढेको छ । पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९० पैसा रहेको छ ।हिजो पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा थियो।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४१ पैसा र बिक्री दर ३५ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ ।

  • ३० कार्तिक २०७९, बुधबार ०९:५३ प्रकाशित