आज कति छ डलर,युरो र पाउण्डको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २३ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ २९ पैसा र बिक्री दर ३५ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ ।

  • २८ कार्तिक २०७९, सोमबार ०९:४१ प्रकाशित