विराटनगर ।
नेपाली कांग्रेसले मोरङ( ३ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘१’ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।महाधिवेशन प्रतिनिधि रहेका लिम्बूलाई उमेदवार बनाउने तयारी भएको कांग्रेसले जनाएको छ ।
यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बूलाई अघि सार्ने तयारी गरेको हो । कांग्रेस मोरङले केन्द्रबाट चिठ्ठी भने आइनसकेको बताएको छ । ।
निर्वाचन आयोगका अनुसार आज उम्मेदवारको मनोनय दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ ।













