पोखरा।
आज (मंगलबार) अमेरिकी डलरको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ । हिजो भने अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा थियो।
यस्तै आज युरोको भाउ पनि घटेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा छ । हिजो भने युरो एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा थियो ।
यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको छ ।