संबैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संबैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्ने बताएका छन् । सोमबार पोखरा–२० भलाम डाँडागाउँ टोलविकास संस्थाको पांचौं साधारण सभा तथा युके समाजद्धारा उपलव्ध गराइएको राहत वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जनताको त्याग र तपस्याबाट प्राप्त संवैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनु पर्छ ।’ उनले भने, ‘प्राप्त अधिकारको रक्षासंगै उपयोग गर्दै आर्थिक समृद्धिमा सबै जुट्नु पर्छ ।

प्रदेश प्रमुख गुरुङले विपन्न तथा असहाय वर्गको हितमा लाग्नु सवै भन्दा महत्वपूर्ण पुण्य कार्य भएको बताए । उनले विदेशबाट सिकेको सिप र ज्ञानलाई मुलुकको विकासमा लगाउनु पर्नेमा जोड दिए ।

बैदेशिक रोजगारमा रहेका नेपालीले समाजमा परेका प्रत्येक अप्ठेरा परिस्थितमा सहयोग गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले त्यस्ता सहयोगको पूर्ण रुपमा सदुपयोग हुने पर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा प्रदेश प्रमुख गुरुङले समाजद्धारा प्रकाशित डांडागाउँको परिचय दिने गरि प्रकाशित स्मारिकाको विमोचन सहित युके समाजद्धारा उपव्ध गराईएको एक लाख ५० हजार नौ जना वाढी पहिरो पीडितलाई वितरण गरेका थिए । समाजले डांडागाउँ समाजको विकासका लागि दुई लाख आठ हजार रुपैया समेत सहयोग गरेको थियो ।

कार्यक्रममा पोखरा– २० का वडाअध्यक्ष सिम गुरुङले सवैको साथ र सहयोगवाट वडाको विकासमा सहयोग पुगेको बताए । टोलविकास संस्थाका अध्यक्ष क्याप्टेन चोक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक तथा समाजिक व्यक्तित्व दिपक गुरुङ्ग, समाजका उपाध्यक्ष क्याप्टेन दलबहादुर गुरुङ, सचिव तोरण बहादुर गुरुङ, कोषाध्यक्ष लुमबहादुर गुरुङ लागयतले समाजको विकासका लागि वैदेशिक रोजगारमा रहेका युवाहरुको महत्वपूर्ण भूमिका रहदै आएको धारणा राखेका थिए ।

 

  • १८ आश्विन २०७८, सोमबार २१:०३ प्रकाशित