साताको पहिलो दिन आज डलरको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी डलरको भाउ घटेको छ ।

आज डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको थियो ।

आज युरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर १२९ रुपैयाँ २५ पैसा छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३१ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १३ पैसा र बिक्रीदर १८ रुपैयाँ २१पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा रहेको छ ।

  • २० कार्तिक २०७९, आईतवार ०९:२९ प्रकाशित