पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १२८ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा छ ।
हिजो भने युरो एककको खरिदर १३० रुपैयाँ ८९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४९ पैसा थियो । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४७ पैसा छ ।
हिजो बेलायती पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा थियो । यस्तै आज डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ ।