आज अमेरिकी डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलरको भाउ बढेको छ ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा थियो।

आज युरो एकको खरिददर १३१ रुपैयाँ २६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५३ रुपैयाँ १३ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८ रुपैयाँ १९ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ ०८ पैसा रहेको छ ।

  • १५ कार्तिक २०७९, मंगलवार ०९:३७ प्रकाशित