पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्डको भाउ घटेको छ । आज बेलायती पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा रहेको छ । शुक्रबार पाउण्डको एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०३ पैसा थियो ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २२ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा रहेको छ ।