एजेन्सी ।
पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि पुनस: शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो नयाँ समूह चयन गरेका छन्।
प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएका छन्। नयाँ स्थायी समितिमा सीप्रति बफादार नेताहरू छनौट भएका छन्।
हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट पार्टी महासचिवसँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य रहेको पोलिटब्यूरो चयन हुन्छन्।
विगतको अभ्यास तोड्दै राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिव छानिएका छन्।
नयाँ चयन भएको पोलिटब्यूरोमा एक जना पनि महिला छैनन्।
चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिको सदस्यमा ली चियाङ, झाओ लेजी, वाङ हुनिङ, साई ची, दिङ सियासियाङ र ली सी चयन भएका छन्।















