आज युरो र पाउण्ड बढ्यो, डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

आज मंगलबार युरो र पाउण्डको भाउ बढेको छ। आज युरो एकको खरिददर १२८ रुपैयाँ २२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ८१ पैसा छ ।

हिजो भने युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैया ३९ पैसा थियो।यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०३ पैसा छ । हिजो भने पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५४ पैसा थियो ।

डलर एकको खरिददर आज १३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ००पैसा रहेको छ ।

  • १ कार्तिक २०७९, मंगलवार ०९:४६ प्रकाशित