पोखरा।
आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२८ रुपैया ३५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ १२ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३४ पैसा थियो ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।