१८ वर्ष मुनिका बालबालिकालाई दशैंपछि खोप

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले १८ वर्षमुनिका बालबालिकालाई दशैं पछि कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले आज एक कार्यक्रममा बोल्दै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप ल्याउने पक्का भएको बताएका छन् ।

यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरि सकिएको उनले बताए । दशैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए ।

फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनको भनाइ छ ।

  • १७ आश्विन २०७८, आईतवार १५:२८ प्रकाशित