पत्रकार सम्मेलन गर्दै भीम रावल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । टिकट नपाएको विषयमा आफ्नो आधिकारिक धारणा राख्नका लागि रावलले भोलि बिहीबार कार्की वैंक्वीटमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

अछाम–१ का लागि वडा कमिटीदेखि सुदुरपश्चिम कमिटीले रावलको एकल नाम सिफारिस गरेर पठाएपनि केन्द्रले काटेको थियो । केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका झपट बोहोरालाई टिकट दिएका थिए ।

तर, ओलीले रावललाई प्रतिशोध साँधेर टिकट नदिएको भन्दै चर्को आलोचना भइरहेको छ ।

  • २६ आश्विन २०७९, बुधबार १६:४३ प्रकाशित