लुम्बिनीमा नेकपा एमालेका साढे दुई दर्जन जति नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
साथै उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।













