चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता

केन्द्रभाग मिडिया

चितवन ।

चितवन ३ मा एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको छ ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यालयमा निवेदन आएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।

एमाले केन्द्रीय कार्यालयबाट आएको इमेल भेरिफाई भइसकेको उनले बताए ।चितवन क्षेत्र नम्बर ३ मा न्यौपानेसहित २१ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् । पूर्वकांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ ।

  • २६ आश्विन २०७९, बुधबार १५:०६ प्रकाशित