काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना संक्रमणको उपचारपछि आज (मंगलबार) अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
कोरोना संक्रमणपछि त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालमा भण्डारीको उपचार भइरहेको थियो । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा सुधार आएपछि मंगलबार दिउँसो १२ : ४५ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।
‘उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो,’ उनले, ‘राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।’
यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।













